वेगनासमा डेढ लाख नयाँ माछाका भुरा

पोखरा–असार २४ । कास्कीको लेखनाथ नगरपालिको वेगनास तालमा विभिन्न जातका १ लाख ५० हजार माछाका भुरा छोडिएको छ ।

fish photoकृषि विकास कार्यालय कास्कीको सहयोगमा बेगनावातालमा नयाँ माछाका भुरा छाडिएको हो । वातावरणीय सन्तुलन ल्याउन, निम्न वर्गका समुदायहरूको आर्थिक उपार्जन र पर्यटन प्रबद्र्धनका लागि सरकारी अनुदानमार्फत १३ वर्षदेखि वेगनासमा सिल्भर, विगहेड, ग्रासकार्पलगायत जातका माछाका भुरा छाडिँदै आएको छ ।

यसअघि वेगनासताल मत्स्य व्यवसायीक समितिले गत माघमा विभिन्न जातका करिब ५ लाख ३० हजार माछाका भुरा छाडेको थियो ।

तपाईको प्रतिक्रिया