बढ्दो आतंकबादी हमला, अन्तर्राष्ट्रिय सुरक्षामै चुनौती

atankaएजेन्सी–असार । अहिले बढ्दो क्रममा रहेको आतंकबादी हमला अन्तर्राष्ट्रिय सुरक्षा चुनौती बन्न थालेको छ । एकपछि अर्को गर्दै बढीरहेको आतंबादी हमलाबाट सयौंले ज्यान गुमाएका छन्, भने विभिन्न राष्ट्रले अरबौँको क्षती व्यहोर्नुपरेको छ । बढ्दै गरेको आतंकबादी गतिविधि रोक्न एउटा राष्ट्रको पहल मात्र पर्याप्त नहुने देखिएको छ ।
सन् २०१५ को नोभेम्बरमा १३० जनाको ज्यान जानेगरि भएको पेरिसस्थित चार्ली हेब्दो म्यागजिन र जेबिस सुपरमार्केटमा भएको आतङ्कवादी हमलाको असर अहिलेसम्म फ्रान्सले भोगिरहेको छ ।
kar bombजेठ २२ र २३ गते भारत प्रशासित कास्मिरको उन्नतनाग सहरमा पाँच सुरक्षाकर्मीको स्वचालित हतियारद्वारा गोली हानी हत्या भएको थियो । पहिलो दिन नियमित गस्तीमा हिँडेका दुई सुरक्षाकर्मीमाथि आक्रमण भएको थियो भने दोश्रो दिन सङ्कास्पद विद्रोहीद्वारा भारतीय सीमा सुरक्षा बलको अर्धसैनिक दस्ताका तीन जना स्वचालित राइफलमार्फत मारिए । भारतमा दशकौंदेखि विद्रोह गर्दै आएको हिजबुल मुजाहिद्दित समूहले उक्त आक्रमण गरेको बताइएको छ ।
जेठ २४ गते अफगानी तालिवानी बन्दुकधारी समूहले एकसाथ अफगानिस्तानको लोगार प्रान्तको राजधानी पुली अलाममा रहेका सरकारी कार्यालयमा आक्रमण गर्दा सात जनाले ज्यान गुमाउनु परेको थियो । सरकारी जेलमा रहेका तालिवानी लडाकूलाई फाँसीको सजाय सुनाएपछि बदलास्वरुप यो आक्रमण गरिएको तालिवानको दाबी छ । घटनामा कार्यालय प्रमुखसहित सात जनाले ज्यान गुमाएका थिए ।
असार ६ गते काबुल आक्रमणमा परि १२ नेपाली सहित १४ जना आतंककारी हमलाबाट मारिएका थिए ।  ५ जना नेपाली सहित केहि घाइते भएको यो हमलामा थप एक नेपालीले उपचारका क्रममा ज्यान गुमाएका थिए । १२ जना नेपाली  र २ जना नेपालीभाषी भारतीय को ज्यान लिनेगरिएको आतंकबादी हमलाको जिम्मेवारी इस्लामिक इस्टेटले लिएको थियो । अफगानिस्ताको काबुलमा भएको आत्मघाती हमलाले नेपाल र नेपालीलाई समेत स्तब्ध पारेको छ ।
असार १५ मा टर्कीको राजधानी स्तानबुलको अन्तर्राष्ट्रिय विमानस्थलमा भएको आत्मघाती हमलामा ३६ जनाको मृत्यु भएको थियो । घटनामा ९० जना बढी घाइते भए । तीन जना आतंकवादीको संलग्नतामा भएको हमलामा आतंकवादी संगठन आइएसको संलग्नता रहेको आशंका गरिएको छ । टर्कीको राजधानी स्तानबुल पछिल्लो समय आतंकवादी संगठन आइएस र कुर्द चरमपन्थीको निशानामा पर्दै आएको छ ।
असार १७ इराकको फल्लुजाह सहरमा भएको हवाई आक्रमणका कम्तीमा १५० जिहादीको मृत्यु भएको थियो । घटनामा २६० भन्दा बढी सवारी साधन ध्वस्त भए । आक्रमण फाल्लुजाह सहरबाट जिहादी समूहले ओसार्न लागेका हतियारले भरिएका सयौँ सवारी साधनलाई लक्षित गरेर गराइएको बताइएको छ । गत मे महिनाबाट इराकी सुरक्षाबलले फल्लुजाह सहर कब्जाका लागि कारबाही सुरु गरेको थियो । हाल इराकी सैनिकले फल्लुजाह सहर पुनः पूर्ण नियन्त्रणमा लिएको छ ।
असार १७ गते बंगलादेशको राजधानी ढांकामा आतंककारी आक्रमण भएको थियो । आक्रणबाट २० जनाको  हत्या गरेको बिद्रोही समूहले दाबी गरेपनि सरकारी तवरबाट पुष्टि भएको छैन । विदेशी पर्यटक आवत जावत गर्ने ’होली आर्टिसन बेकरी क्याफे’मा भएको आक्रमणमा दुई जना प्रहरीको दोहोरो गोली हानाहानमा मृत्यु भएको र  ३० जनाभन्दा बढी घाइते भएको बताइएको छ । प्रहरीले बन्धक मुक्त गर्नेक्रममा ६ जना आतंकबादीको हत्या गरेर यहाँ पनि ठूलो क्षतिको संभावना टारेको थियो ।
असार १९ गते इस्लामिक स्टेटको आक्रमणमा परी १ सय २५ जनाको मृत्यु भएपछि इराक सरकारले तीन दिने राष्ट्रिय शोक नै मनाउनुपरेको छ । असार १९ गते आइतबार विहान इराकको व्यापारिक क्षेत्र कराडामा भएको आत्मघाति कार बम बिस्फोटमा परी  १ सय २५ जनाको मृत्यु भएको र कम्तिमा १ सय ५० जना घाइते भएको बताइएको छ । इस्लामिक स्टेटले आक्रमणमको जिम्मेवारी लिएको थियो । कराडामा भएको यो आक्रमणको यो वर्षको सबैभन्दा ठूलो आक्रमण हो ।
असार २० गते अफगानिस्तानमा आत्मघाती आक्रमणको तयारीमा रहेका ११ जनासहित २४ जना अफगानी तालिवान विद्रोहीको मृत्यु भएको थियो । ठूलो हमलाको तयारीका क्रममा भएको यो बिष्फोटबाट सर्वसाधारण र लक्षित व्यक्तिको तुलनामा आतंकावादी नै बढी मारिएपछि ठूलो मानविय क्षतिको खतरा टरेको थियो ।
यि प्रतिनिधि हमला मात्रै होइन, अहिले दिनहुँजसो आतंकबादी हमला कुनै न कुनै स्थानमा भइनै रहेका छन् । जसले एउटा राष्ट्रलाई मात्रै होइन विश्वलाई नै सुरक्षा खतरा बढाएको छ ।

तपाईको प्रतिक्रिया