डा.शशांकको स्वास्थ्यमा सामान्य सुधार, उपचार जारी

काठमाडौं–असार । मंगलबार बेलुका अस्वस्थ भई ओम अस्पताल भर्ना हुनुभएका कांग्रेस महामन्त्री डा.शशांक कोइरालाको स्वस्थ्यमा सामान्य सुधार देखिएको छ ।

sashank-koiralaउपचारमा संलग्न चिकित्सकका अनुुसार डा. कोइरालाको आँखामा सामान्य चाल देखापरेको हो । यसअघि  अवस्था गम्भीर तर स्थिर रहेको अस्पतालले जनाएको थियो । उहाँको अवस्था गम्भीर र स्थिर रहेको कारण थप उपचारका लागि देश बाहिर लैजान नमिल्ने अस्पतालले जनाएको थियो । आज दिनभरजसो डा. कोइरालाको स्वास्थ्य अवस्थाबारे बुझ्न प्रधानमन्त्री, दलका नेता, संबैधानिक अंगका प्रमुख लगायत अस्पताल पुगेका थिए ।

पूर्ण रुपमा होसमा नआएपनि कोइरालाको स्वास्थ्यमा सामान्य सुधार देखिएको अस्पतालले जानएको छ । मंगलबार  बेलुका ८ बजे अचानक स्वास्थ्यमा समस्या आएपछि महामन्त्री कोइरालालाई परिवारका सदस्यले अस्पताल भर्ना गरेका थिए ।

तपाईको प्रतिक्रिया