काठमाडौं–असार । जैविक विविधता संरक्षणबारे जानकारी गराउने उद्देश्यले बुधबार ज्येष्ठ नागरिकलाई जावलाखेलस्थित चिडियाखाना अवलोकन गराइएको छ ।
राष्ट्रिय प्रकृति संरक्षण कोष र एजिङ नेपालले जैविक विविधता संरक्षण गर्नका लागि जनचेतना जगाउने उद्देश्यले ज्येष्ठ नागरिकलाई चिडियाखानाको अवलोकन गराइएको जनाएको हो । अवलोकनपछि ज्येष्ठ नागरिकलाई शिवपुरी जलाधार क्षेत्र संरक्षणमा लगाइने बताइएको छ । अवलोकनमा ७० जना ज्येष्ठ नागरिक सहभागी भएका थिए ।