आफ्ना सांसदको भिषा प्रकरण छानविन गर्न माओवादी केन्द्रले बनायो समिति

काठमाडौं–असार । नेकपा माओवादी केन्द्रले सांसदको भिसा प्रकरणबारे छानबिन गर्न तीन सदस्यीय समिति गठन गरेको छ ।

maobadi kendraपार्टी मुख्यालयमा आज बसेको पोलिटब्यूरो बैठकले नेता अमिक शेरचनको संयोजकत्वमा नेता कृष्णबहादुर महरा र नेतृ पम्फा भुषाल सदस्य रहेको छानबिन समिति गठन गरेको हो । केन्द्रका आठ सांसद्ले नक्कली पीए खडा गरी मानव तस्करी संलग्न रहेको समाचार सार्वजनिक भएपछि समिति गठन गरेको हो । यसविषयमा सीआईबीले सांसद गोमा कुँवर, डोरप्रसाद उपाध्याय, सिर्जना तमारु खत्री, सन्तकुमार थारू, रूपा महर्जन श्रेष्ठ, राममाया बोगटी, दिलमाया धामी र धना पहरीमाथि अनुसन्धान अगाडि बढाएको छ ।

यसैबीच, माओवादी केन्द्रको आज बसेको पोलिटब्यूरो बैठकले पार्टीको आगामी महाधिवेशन, संगठनात्मक संरचना र सरकार परिवर्तनबारे भने निर्णय गर्न सकेन । संगठनात्मक संरचना र निर्वाचन प्रणालीको बारेको छलफल जारी राख्दै बिहीवार ११ बजेसम्मका लागि बैठक स्थगित गरिएको छ । बैठकमा पोलिटव्यूरो सदस्यले धारणा राख्ने क्रम जारी रहेको भन्दै संगठनात्मक संरचना र महाधिबेशनको एजेण्डापछि सरकार परिवर्तनबारे छलफल हुने प्रवक्ता पम्फा भुषालले जानकारी दिनुभएको थियो ।

तपाईको प्रतिक्रिया