बाढी पहिरोबारे सांसदको चासो

काठमाडौं–असार । व्यवस्थापिका संसदले बाढी पहिरोबाट भएको धनजनको क्षति, उद्धार तथा राहतबारे जानकारी दिन सरकारलाई निर्देशन दिएको छ ।

Samsad-bhawan-1संसद् बैठकमा सांसदहरुले देशका बिभिन्न ठाउँमा बाढी पहिरोले मानवीय क्षति भएपनि सरकारले उद्धार तथा राहतको कामलाई तिव्र नबनाएको भन्दै आलोचना गरेपछि संसदले सरकारलाई निर्देशन दिएको हो । संसद बैठकमा सांसद्हरुले सिन्धुपाल्चोक, गोरखा र प्युठान लगाएतका स्थानमा बाढी पहिरोका  कारण जनधनको क्षति भएको बारे ध्यानाकर्षण गराउँदै तत्काल राहत तथा उद्धारको काम गर्न सरकारसँग माग गरेका थिए ।

सांसद्हरुको ध्यानाकर्षणपछि सभामुख ओनसरी घर्तीले बाढी पहिरो पीडितको अबस्थाबारे जानकारी दिन सरकारलाई निर्देशन दिनुभएको थियो ।

Published On:  327पटक हेरिएको

तपाईको प्रतिक्रिया