युरोकप सेमिफाइनल, पोर्चुगल–वेल्स् भिडन्त

एजेन्सी–असार २२ । युरोकप फुटबल प्रतियोगिता अन्तर्गत आज सेमिफाइनल खेलमा पोर्चुगलले नव प्रवेशी टोली वेल्स्को सामना गर्दैछ ।

euro cupयुरोकप फुटबल प्रतियोगिता २०१६ को पहिलो सेमिफाइनल अन्तर्गत बुधवार पोर्चुगल र वेल्स् बीच प्रतिस्पर्धा हुन लागेको हो । यो खेललाई दुई स्टार खेलाडी क्रिस्टियानो रोनाल्डो र ग्यारेथ बेलबीचको प्रतिस्पर्धाको रुपमा पनि हेरिएको छ । सन् २००४ को युरोकप उपविजेता पोर्चुगल डेब्यु टोली वेल्स्लाई पन्छाउँदै १२ वर्ष पछि युरोकपको फाइनल पुग्ने दाउमा छ ।

यता, उत्कृष्ठ लयमा देखिएको वेल्स् पहिलो पटक युरोकप प्रतियोगितामा सहभागि भएपनि पोर्चुगललाई हराउँदै ईतिहास कोर्ने सुरमा छ । बुधवारको खेल जितेमा वेल्स् ५० वर्षयता ठुला प्रतियोगिताको फाइनल पुग्ने पहिलो यूकेको टोली बन्नेछ ।

Published On:  466पटक हेरिएको

तपाईको प्रतिक्रिया