सरकारी जागिर छोडेर कृषिमा

अर्घाखाँची–असार । सरकारी जागिर छोडेर अर्घाखाँचीका एक युवकले व्यावसायिक कृषि पेशा सुरु गर्नुभएको छ ।

krisi arghachi1हंसपुरस्थित बालशिक्षा निमाविका विज्ञान शिक्षक दधिराम बजान्डे जागिर छोडेर तीन वर्षदेखि कृषि क्रान्तीमा लाग्नु भएको हो । उहाँले बेमौसमी, मौसमी तरकारी खेती गर्नुका साथै विउ उप्पादन गरि विक्री वितरण गदै आउनुभएको छ । बञ्जाडेले कृषिबाटै वार्षिक ५ लाख रुपैयाँसम्म आम्दानी गर्दै आएको बताउनुभएको छ ।

कृषि विकास कार्यालय अर्घाखाँचीका प्रमुख योगप्रसाद खरेलले धारापानी प्रगतिडाडाँका बञ्जाडेसहित धेरैले व्यवसायीक कृषि कर्ममा लागेको भन्दै युवा साझेदारी, टनेल खेती, प्रविधी सम्बन्धि तालिम लगाएतका सेवा कार्यालयले दिदै आएको बताउनुभयो ।

तपाईको प्रतिक्रिया