युरोकपमा गोल्डेन बुटको चार्चा

एजेन्सी–असार । फ्रान्समा जारी युरोकप फुटबल प्रतियोगिताको सेमिफाइनल बुधवारबाट सुरु हुँदैछ । आयोजक फ्रान्ससँग विश्व विजेता जर्मनी तथा डेब्यु टोली वेल्स् र पोर्चुगल सेमिफाइनलका प्रतिस्पर्धी छन् ।

प्रतियोगिताका कुल ५१ खेलमध्ये ४८ खेलको समाप्तिसँगै १ सय ३ गोल भइसकेका छन् । यस्तो अवस्थामा सम्भावित उपाधि विजेताको अड्कलबाजीसँगै खेलप्रेमीहरूमा कुन खेलाडीले गोल्डेन बुट हात पार्ला भन्ने उत्सुकता बढ्न थालेको छ ।

golden-boot euroप्रतियोगिताको सर्वाधिक गोलकर्तालाई दिइने उपाधि, गोल्डेन बुट जित्ने होडमा अहिले सम्म फ्रान्सका तीन खेलाडी अग्रस्थानमा छन् । फ्रान्सका एन्टोनियो ग्रिजम्यान, ओलिभर गिराउड र दिमित्री पायटले अग्रता लिइरहँदा वेल्स्का स्टार खेलाडी ग्यारेथ बेल र पोर्चुगलका क्रिस्टियानो रोनाल्डोले उनीहरुलाई पछ्याइरहेका छन् ।

एन्टोनियो ग्रिजम्यान :
एथ्लेटिको मड्रिडका २५ वर्षीय स्ट्राइकर ग्रिजम्यान फ्रान्सका लागि भरपर्दा खेलाडी हुन् । जारी प्रतियोगितामा पाँच खेल खेल्दै ३ सय ४५ मिनेट मैदानमा बिताएका उनले चार गोल गरेका छन् । क्वार्टरफाइनलमा आइसल्याण्ड विरुद्ध गोल गरेका उनले दुई गोलका लागी बल असिस्ट गर्दै उपाधि होडमा आफुलाई पहिलो नम्बरमा राख्न सफल भएका छन् । सेमिफाइनलमा जर्मनी विरुद्ध पनि गोल गर्न सके उनी गोल्डेन बुटको होडमा एक कदम अगाडी बढ्ने छन् ।

ओलिभर गिराउड :
फ्रँन्सका २९ वर्षीय गिराउडले यस संस्करणमा चार खेल खेलिसकेका छन् । ३ सय मिनेट मैदानमा बिताएका उनले तीन गोल गरेका छन् । आर्सनल क्लबका समेत स्ट्राइकर गिराउडले दुई गोलका लागी सहकर्मीलाई बल पास गरेका थिए ।

दिमित्री पायट :
पछिल्लो समय क्लब र राष्ट्रका लागी महत्वपूर्ण खेलाडीको रुपमा रहेका पायटले जारी युरो  कपमा तीन गोल गरेका छन् । वेस्टह्याम युनाईटेडका मिडफिल्डर पायटले ३ सय ७७ मिनेट मैदानमा बिताउँदा दुई गोलको लागी पास पनि मिलाएका थिए ।

ग्यारेथ बेल :
युरो कपको डेब्यु टोली वेल्स्लाई पहिलो संस्करणमै सेमिफाइनल पु¥याउन महत्वपूर्ण भुमिका निभाएका बेलले प्रतियोगिताका सबै खेल खेलेका छन् । रियल मड्रिडका २६ वर्षिय स्ट्राइकर बेलले जारी युरो कपमा ४ सय ४३ मिनेट मैदानमा बिताएका छन् । बेलले आफ्नो टोलीका लागी तीन गोल र एक असिस्ट गर्न सफल भएका छन् ।

क्रिस्टियानो रोनाल्डो :
उत्कृष्ट लयमा नरहेका रोनाल्डोले जारी प्रतियोगितामा दुई गोल गरेका छन् । क्लब फुटबलमा उत्कृष्ट प्रदर्शन गरेका रोनाल्डोले यस प्रतियोगितामा ५ सय १० मिनेट मैदानमा बिताउँदै दुई असिस्ट पनि गरेका थिए । सेमिफाइनलमा वेल्स् विरुद्ध गोल गर्न सके रोनाल्डोलाई गोल्डेन बुटको दौडमा अग्रता लिने मौका पनि छ ।

गोल्डेन बुटको अन्य दाबेदारमा पोर्चुगलका नानी छन् । उनले अहिले सम्म दुई गोल र एक असिस्ट गरेका छन् । तीन खेल बाँकी रहेको अवस्थामा गोल्डेन बल कस्ले हात पार्ला ? यसका लागि भने आइतबार हुने फाइनल खेल पर्खिनुपर्छ ।

Published On:  444पटक हेरिएको

तपाईको प्रतिक्रिया