होसियार ! मापदण्ड नमान्ने ग्यास उद्योग खारेज हुनसक्छन्

काठमाडौं–असार २१ । सरकारले मापदण्डको वेवास्था गर्दै ग्यास सिलिन्डर उत्पादन गरिरहेका उद्योग खारेज गर्ने तयारी थालेको छ । ग्यास अति संवेदनशिल पदार्थ भएरपनि उद्योगीहरुले गुणस्तरहीन सिलिन्डर उत्पादन गरेर उपभोक्ता अधिकारमाथी खेलवाड गरेको निष्कर्ष सहित सरकारले मापदण्ड नमान्ने उद्योग खारेज गर्नेगरि नीति ल्याउन लागेको हो ।

LP_gas_cilinderसिलिन्डर रिफिलिङ गर्दै आएका निजी ग्यास उद्योगीले एकाधिकार कायम गरी गुणस्तरहीन सिलिन्डर उत्पादन गरेको पाइएपछि बाध्यकारी नीति ल्याउनुपर्ने देखिएको सरकारी पक्षको जिकिर छ । ग्यास आयात तथा नियमनको जिम्मेवारी पाएको नेपाल आयल निगमका प्रवन्ध निर्देशक गोपाल खड्काले नेपालमा ५५ वता ग्यास रिफिलिङ गर्ने बोटलिङ प्लान्ट रहेको भन्दै जोखिम र सुरक्षामा जिम्मेवार नबन्ने उद्योग विरुद्ध कारबाही थाल्ने बताउनुभएको छ ।

गुणस्तरमा ध्यान नदिने र उपभोक्ताको मागअनुसार ठूलो परिणाममा सिलिन्डर उत्पादन नगर्ने उद्योग विरुद्ध निगम कडा रुपमा प्रस्तुत हुने बताइएको छ ।

तपाईको प्रतिक्रिया