परीक्षणकालमै भत्कियो सिक्टा नहर, निर्माण पक्ष भन्छ–कमजोरी छैन

बाँके–असार । परीक्षणकालमै मुल नहर भत्किएपछि सिक्टा सिँचाइ आयोजना विवादित बनेको छ । तर सिक्टा सिँचाइ आयोजनाका परामर्शदाता र निर्माण कम्पनी आ–आफ्ना कमजोरीको ढाकछोप गरेर दोष मुक्त हुने प्रयास गरिरहेका छन् ।
8640_siktta-sichai......निर्माण कम्पनी कालिका कन्स्ट्रक्सनका निर्देशक युवराज क्षेत्रीले निर्माणमा कुनै कमजोरी नभएको दाबी गर्नुभएको छ । उहाँले आफ्ना तर्फबाट आयोजनाले तोकेका सबै मापदण्ड पूरा गरी निर्माण गरेको भन्दै गलत डिजाइनको दोष कम्पनीले नलिने बताउनुभएको छ । अर्कोतर्फ सिक्टा सिँचाइ आयोजनाका निर्देशक सरोज पण्डितले सावधानी अपनाएपनि त्रुटि भएको स्वीकार गर्दै थप अध्यन गर्ने बताउनुभएको छ । उहाँले मापदण्ड पूरा गर्दागर्दै नहर भत्किएको भन्दै थप अध्ययनपछि निष्कर्षमा पुग्न सकिने बताउनुभएको छ ।
सिक्टा सिँचाइ आयोजनाका परामर्शदाता रामेश्वर खड्काले निर्माण सामाग्री ल्याब परीक्षण गरेर मात्रै प्रयोगमा ल्याइएको भन्दै निर्माण कम्पनी र आयोजना दुबैको दोष नभएको बताउनुभएको छ । सिक्टा सिँचाइ आयोजनाले केही दिन अगाडी मात्रै निर्माणधीन अवस्थाको सिक्टा सिँचाइको नहरमा परीक्षणका लागी भन्दै राप्तिको अघैयास्थित मुल ड्यामबाट पानी छाडेको थियो । पानी छाड्ने क्रममा महादेबपुरीको झिझरी खोलामा नहर भत्किएको थियो ।
परीक्षण कालमै नहर निर्माणमा त्रुटि भेटिएको छ, तर नहरमा भएको कमजोरी स्विकार्न अहिले आयोजनामा संलग्न कुनै पक्ष तयार नहुँदा सिक्टा सिँचाइ विवादमा तानिएको छ ।

तपाईको प्रतिक्रिया