कास्की–असार । मुख्य सचिव डाक्टर सोमलाल सुवेदीले निजी क्षेत्रलाई स्वच्छप्रतिस्पर्धा र व्यवसायमुखी भएर काम गर्न आग्रह गर्नु भएको छ ।
लेखनाथ उद्योग वाणिज्य संघको २० औं वार्षिकोत्सवका अवसरमा कास्कीको लेखनाथमा भएको कार्यक्रममा मुख्यसचिव सुवेदीले निजी क्षेत्रले स्वच्छ प्रतिश्पर्धामा ध्यान दिए मुलुकले विकासको गति लिने विश्वास व्यक्त गर्नुभएको हो । उहाँले लेखनाथलाई स्वदेशी तथा विदेशी पर्यटकहरुको गन्तव्यस्थल वनाउन निजी क्षेत्रको सहयोग अपरिहार्य भएको धारणा राख्नुभएको थियो ।
कार्यक्रममा सांसद यज्ञवहादुर थापा, क्षेत्रीय प्रशासक शंकरप्रसाद कोइराला, नेपाल उद्योग वाणिज्य महासंघका पूर्व अध्यक्ष आनन्दराज मुल्मी, लेखनाथ उद्योग बाणिज्य संघका अध्यक्ष लक्ष्मीप्रसाद त्रिपाठी लगायतले राजनीतिक अस्थिरताका कारण विकासले गति लिन नसकेको गुनासो गरेका थिए ।