ललितपुर–असार । उपराष्ट्रपति नन्दबहादुर पुनले मुलुकको आर्थिक समृद्धिका लागि कृषिको आधुनिकीरण र व्यवसायिकरण अपरिहार्य रहेको बताउनुभएको छ ।
ललितपुरमा प्रथम युवा कृषि उद्यम सम्मेलनको उद्घाटन गर्दै उपराष्ट्रपति पुनले कृषि नै मुलुकको आर्थिक विकासको आधार भएकाले कृषिको व्यवसायीकरण बिनाआर्थिक समृद्धि हुन नसक्ने बताउनुभएको हो । नेपाल कृषिप्रधान देश भएपनि आधुनिकिकरण र व्यवसायीकताको अभावमा परनिर्भरता बढेको बताउनुभएको थियो । उपराष्ट्रपति पुनले कृषि क्रान्ति अत्यावश्यक भईसकेको भन्दै कृषिलाई आर्थिक विकासको आधार बनाउन कृषिक्रान्तिको नेतृत्व युवाहरुले गर्नुपर्ने धारणा राख्नुभएको थियो ।
कार्यक्रममा कृषिमन्त्री हरिबोल गजुरेलले कृषि पेशालाई सुरक्षित र मर्यादित बनाउँदै युवालाई कृषि पेशामा आकर्षित गराउनुपर्ने धारणा राख्नुभएको थियो ।