संसदमा विधेयक प्रस्तुत हुने र पास हुने क्रम जारी

काठमाडौं–असार । सरकारले राष्ट्रिय सुरक्षा विधेयक व्यवस्थापिका संसद्मा प्रस्तुत गरेको छ ।

Samsad-bhawan-1सरकारका तर्फबाट उपप्रधानमन्त्री तथा रक्षामन्त्री भीम रावलले सोमबारको व्यवस्थापिका संसद् बैठकमा विधेयक पेश गर्नुभएको हो । मन्त्री रावलले राष्ट्रिय सुरक्षा नीति आवश्यक भएकाले विधेयक ल्याएको जानकारी दिनुभएको थियोे । मन्त्री रावलबाट पेश भएको विधेयकमाथि नेपाल मजदुर किसान पार्टीका सांसद् डिल्लीप्रसाद काफ्लेले विरोधको सूचना दर्ता गरेपनि बहुमतले अस्वीकृत गरेको थियो ।

संसद्ले दक्षिण एशिया वन्यजन्तु कानुन कार्यान्वयन सञ्जालको विधान बहुमतले अनुमोदन गरेको छ । यस्तै, उपप्रधानमन्त्री तथा महिला बालबालिका तथा समाजकल्याणमन्त्री सीपी मैनालीले अपाङ्गता भएका व्यक्तिको अधिकारसम्बन्धी विधेयक संसदमा पेश गर्नुभएको थियो । मधेशी मोर्चाका सांसदहरुले भने संसद बैठक बहिस्कार गर्दै आएका छन् ।

तपाईको प्रतिक्रिया