इंग्ल्याण्डमा मैत्रीपुर्ण क्रिकेट खेल्ने नेपाली टिम छनौट

काठमाडौं–असार । इंग्ल्याण्डमा मैत्रीपुर्ण क्रिकेट खेल्न जाने नेपाली राष्ट्रिय क्रिकेट टिमको घोषण भएको छ ।

cricketइंग्ल्याण्डको मेरिलीबोन क्रिकेट एकेडेमी एमसिसीसंग मैत्रीपुर्ण खेलका लागि पारस खड्काको कप्तानीमा १५ सदस्यीय टिमको घोषणा गरिएको हो । टिममा पारस सहित उपकप्तानमा ज्ञानेन्द्र मल्ल, शक्ति गौचन, बसन्त रेग्मी, शरद भेषावकर, सोमपाल कामी, सागर पुन, बिनोद भण्डारी, करण केसी, सन्दिप लामिछाने, राजु रिजाल, राजेश पुलामी मगर परेका छन् । यस्तै, सुवाश खकुरेल र अनिल मण्डलले टिममा पुनरागमन पाएका छन भने बिक्रम शोवलाई पहिलो पटक राष्ट्रिय टिममा स्थान दिइएको छ ।

अन्तर्राष्ट्रिय क्रिकेट परिषद आईसिसिले तोकेको छनौट समितिले असार २० गते सोमबार घोषण गरेको टिममा यसअघि राष्ट्रिय टिमबाट खेलेका नरेश बुढाएर र सुशन भारी अटाएका छैनन । आईसीसीका प्रतिनिधि राजु बैंकेटापथी, नेपाली टिमका प्रशिक्षक जगत टमाटा र कप्तान पारस खड्का रहेको छनौट समितिले यो टिम सार्वजनिक गरेको हो ।

नेपाली टिम असार २७ गते इंग्ल्याण्ड प्रस्थान गर्नेछ भने साउन ४ गते लर्डसमा मेरिलीबोन क्रिकेट क्लबसंग मैत्रीपुर्ण खेल खेल्नेछ । यो क्लब क्रिकेटको पुरानो क्लब भएकाले पनि मैत्रीपुर्ण खेलका क्रममा नेपाली टिमले अवशर पाउनुलाई खास अर्थमा हेरिएको छ ।

इंग्ल्याण्डमा हुने मैत्रीपुर्ण खेल र  भ्रमणलाई नेपाली टिमको अर्को महिना नेदरल्याण्ड्स बिरुद्ध हुने बिश्व क्रिकेट लिग च्याम्पिनसिपको तयारीका रुपमा लिइएको छ ।

तपाईको प्रतिक्रिया