सरकार गिराउने र बनाउने खेलमा छैनौ : प्रचण्ड

असार २० । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले समयको गम्भीरतालाई बुझ्न कांग्रेस र एमालेलाई आग्रह गर्नुभएको छ ।

Prachanda-2काभ्रेको नालामा सोमबार भएको एक कार्यक्रमलाई सम्बोधन गर्दै दाहालले समयको परिस्थितिलाई बुझेर अघि बढ्न दुई ठूला दल कांग्रेस र एमालेलाई आग्रह गर्नुभएको हो ।

कार्यक्रममा एमालेका नेताहरुले दाहाल सरकार परिवर्तनको खेलमा लागेको धारणा राखेपछि दाहाले प्रष्टोक्ति दिदै आफ्नो पार्टी सरकार बनाउने र गिराउने खेलमा नभएको बताउनुभयो । उहाँले एउटा सरकार गिराउने र अर्को बनाउने खेलले नेपाललाई कहिं र्पुयाउन नसक्ने बताउँदै राष्ट्रिय सहमतिकासाथ अघि बढ्नुपर्ने बताउनसभयो ।

Published On:  274पटक हेरिएको

तपाईको प्रतिक्रिया