काठमाडौं,असार २० । स्थानीय विकास मन्त्रालयले गाविस सचिवहरुलाई कार्यालय समसयमा अनावश्यक बाहिर नजान निर्देशन दिँदै परिपत्र गरेको छ ।
गाविसबाट नागरिकले पाउनुपर्ने सेवा सुविधा झन्झटिलो र ढिलासुस्ती भएको भन्दै स्थानीय विकास मन्त्रालयले यस्तो निर्देशन दिएको हो । मन्त्रालयले जारी गरेको परिपत्रमा गाविस सचिवहरुलाई अनिवार्य रुपमा गाउँ विकास समितिको कार्यालयमै बसेर काम गर्न भनिएको छ ।