विश्वविजेता जर्मनी यूरोकपको सेमिफाइनलमा

असार १९ । फुटबलको विश्वविजेता जर्मनीले इटलीलाई पेनाल्टी सुटआउटमा ६–५ गोल अन्तरले हराउँदै युरोकप २०१६ को सेमिफाइनलमा प्रवेश गरेको छ । खेलको निधारित र अतिरिक्त समयमा १ –१ गोलको बराबरीमा टुंगिएपछि खेलको निर्णय पेनाल्टीसुटआउटबाट लिइएको थियो । खेलको ६५ औं मिनेटमा मेसुट ओजिलले गोल गर्दै जर्मनीलाई अग्रता दिलाएका थिए ।

तर ७८ औं मिनेटमा जर्मनीका जेरोम बोएटेङले डि एरिया भित्र ह्याण्ड गरेपGerछि इटलीले पेनाल्टी पायो ।

जसमा इटलीका लियोनाद्रो बोनुचीले गोल गर्दै खेल बराबरीमा ल्याए । त्यसपछि निधारित र थपिएको समयमा कुनै गोल हुन सकेन । यसअघि विश्वकप र युरोकपमा भएको आठ भेटमा इटली अपराजित रहँदै आएको थियो ।

तपाईको प्रतिक्रिया