काठमाडौ, असार । एक महिना अघि मात्र पहिलो कान जाँच शिविर सफलतापुर्वक सम्पन्न गरेको म्याक्स मेडिटेक सिस्टम प्रा.लि.ले असार ११ र १२ गते काठमाडौमा पुनः दोश्रो पल्ट निःशुल्क कान जाँच शिविर सम्पन्न गरेको छ ।
म्याक्सले कानका विरामीलाई सहज सेवा दिने उद्देश्यले दोश्रो शिविर सञ्चालन गरेको जनाएको छ । जसबाट सयौंले लाभ लिएको दाबी कम्पनिको छ । उसले श्रवण यन्त्रको व्यापारसँगै समय समयमा शिविर मार्फत कानका विरामीलाई स्वास्थ्य सेवा दिने जनाएको छ । गत जेठबाट म्याक्सले डेनमार्कमा निर्मित उच्चतम प्रविधिको श्रवण यन्त्र (हेयरिङ्ग एड) नेपालमै पहिलो पटक सेवा केन्द्र सहित बिक्रिवितरण सुरु गरेको थियो । यो यन्त्र नेपालमा रहेका श्रवण क्षमताका रोगीलाई लक्षित गर्दै वाइडिक्स नेपालको सहकार्यमा म्याक्स मेडिटेक सिस्टम प्राइभेट लिमिटेडले ल्याएको हो ।
कम्पनिले आफ्नो श्रवण यन्त्र अन्य यन्त्रको तुलनामा आधुनिक र प्राकृतिक रहेको दाबी गरेको छ । कान नसुन्ने बिरामीका लागि सेवा सहितको व्यापारा थालेको दाबी गर्ने एमएमएसले जेठ १५ र १६ गते सिनामंगल एयरपोर्ट गेट अगाडी रहेको आफ्नै भवन म्याक्स मेडिटेक सिस्टम प्राइभेट लिमिटेडमा पहिलो पटक निःशुल्क कान जाँच शिविर सञ्चालन गरेको थियो । जसबाट सयौंले लाभ लिएको दाबी कम्पनिको छ । अहिले जन्मजात, दुर्घटना र ध्वनी प्रदुषणका कारण विश्वभर श्रवण समस्याका बिरामीको संख्या बढ्न थालेको छ । नेपालमा मात्रै १२ देखी १५ प्रतिशत कान नसुन्ने समस्याका बिरामी रहेको बताइन्छ । एसियामा समेत १२ प्रतिशतमा यो समस्या देखिएकोमा सबैभन्दा बढी अमेरिकामा २५ प्रतिशत व्यक्तिमा कान नसन्ने समस्या देखिएको छ ।