बन्धक मुक्त गर्दा ढाकामा ६ चरमपन्थी मारिए

एजेन्सी–असार १८ । बंगलादेशको राजधानीस्थित एक क्याफेमा बन्धक बनाइएका १३ जनालाई मुक्त गर्नेक्रममा सुरक्षा बललले ६ जना चरमपन्थीको हत्या गरेको छ ।

तस्विर: एपी
तस्विर: एपी

४ विदेशीसहित १३ बन्धकलाई मुक्त गगर्नेक्रममा जवाफी कारबाहीमा ६ जना आक्रमणकारी मारिएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् । बंगलादेशको राजधानी ढाकामा चरमपन्थीहरुले आक्रमण गरेको क्याफेलाई सुरक्षाकर्मीले नियन्त्रणमा लिएका छन्, भने सुरक्षा व्यवस्था थप मजबुद बनाइएको बताइएको छ ।

अन्य आक्रमणकारी र बन्दकबारे खोजी जारी रहेको बताइएको छ । शुक्रबार ढाकाको गुलशन इलाकामा रहेको एक क्याफेमा भएको आक्रमणको जिम्मा आईएसले लिइसकेको छ । चरमपन्थीले क्याफे कब्जामा लिदा २० विदेशसहित कम्तिमा ३५ जना रहेको बताइएको छ ।

अपरेशनमा स्वचालित हतियार सहित खटिएका सेनाका जवान लामो समयको प्रयासपछि चरमपन्थी बिरुद्ध जवाफी कारबाही गर्दै बन्धक छुटाउन सफल भएको बताइएको छ । संवावित आक्रमणलाई मध्येनजर गर्दै बंगलादेशको ढाकामा सुरक्षा निगरानी सहितको तैनाथी बढाइएको छ ।

तपाईको प्रतिक्रिया