संविधान कार्यान्वयनमा सबै गम्भीर हुनुपर्छ : नेता सिंह

prakash-man-sing1काठमाडौ, असार १८ । नेपाली कांग्रेसका नेता एबं पूर्व स्थानिय विकास तथा संघीय मामिला मन्त्री प्रकाशमान सिंहले संविधान कार्यान्वयन सबै गम्भीर भएर लाग्नुपर्ने बताउनुभएको छ ।

नेपाली कांग्रेसका पूर्वसभापति एवम् पूर्वप्रधानमन्त्री कोइरालाको ९३ औँ जन्मजयन्तीका अवसरमा आज नेपाली काँग्रेस काठमाडौँ क्षेत्र नं १० ले आयोजना गरेको कार्यकर्ता प्रशिक्षण कार्यक्रममा नेता सिंहले संविधान कार्यान्वयन भए स्वर्गीय नेता गरिजाप्रसाद कोइरालाप्रति सच्चा समान हुने बताउनुभयो ।

नेता सिंहले नेपाली कांग्रेस स्थानीय निकायको निर्वाचनको पक्षमा रहेको बताउँदै आवश्यक कानुन बनाएर अगाडि बढ्न सरकारलाई आग्रह समेत गर्नुभयो ।

Published On:  321पटक हेरिएको

तपाईको प्रतिक्रिया