नेपालको दिगो विकासमा भारतको सहयोग छ :  भारतीय राजदूत रे

20140217ranjit-raeअसार १८ । नेपालका लागि भारतीय राजूदत रन्जित रेले नेपालको दिगो विकास गर्न भारत सधैं तत्पर रहेको बताउनुभएको छ । भारत सरकारको आर्थिक सहयोगमा ज्याम्रुङ चामभन्ज्याङ्गमा बनेको खानेपानी आयोजनाको रिजर्भभ्वायर ट्याङ्कीको शिलन्यास गर्दै राजदूतले भारतले ऐतिहासिक सम्बन्ध रहेको छिमेकी नेपाल र नेपालीसँगको सम्बन्ध अझै मजबुत बनाउने एउटै सुत्र नेपालको दिगो विकासमा भारतले दिने निरन्तर सहयोग नै बताउनुभएको हो ।

रिपोर्टस क्लवका अध्यक्ष पत्रकार ऋषि धमलाले आफ्ना स्वर्गीय मातापिताका नाममा रहेका कुलप्रसाद चेतकुमारी धमला स्मृति प्रतिष्ठानको पहलमा १ करोड ७९ लाख रुपैयाँ बराबरको लागतमा स्थानीय उक्त खानेपानी बयोजना बन्न लागेको हो । १ सय ९९ घर धुरीलाई बस्ती भन्दा ३ किलोमिटर तलको मुहानबाट पानी तानेर खानेपानी धारा वितरण गर्ने योजना रहेको छ ।

तपाईको प्रतिक्रिया