असार १८ । मलेसियाको औपचारिक भ्रमणमा रहनुभएका श्रम तथा रोजगार मन्त्री दीपक वोहराले मलेसियाको डिटेन्सन क्याम्पको भ्रमण गरी त्यहाँ कार्यरत नेपालीको बारेमा जानकारी लिनुभएको छ ।
सेलाङर राज्यको सिमोनियामा रहेका क्याम्पमा पुगेर मन्त्री बोहोराले घर फिर्तिको पर्खाइमा रहेका नेपालीसँग भेट गरेका गर्नुभएको हो ।
मन्त्री वोहराले त्यहाँका अधिकारीहरुसँग समेत भेट गरी नेपालीको उद्धार प्रकृयालाई तिब्र वनाउन आग्रह गरेका गर्नुभएको थियो । मन्त्रीको भ्रमणपछि सोहि क्याम्पमा रहेका पाँच जना नेपालीहरु तत्कालै नेपाल फर्किने अबसर समेत पाएका छन् ।
नेपाली राजदूतावास मलेसियाको पहलमा वैदेशिक रोजगार प्रवर्द्धन वोर्डवाट निशुल्क रुपमा टिकट पाएपछि उनीहरु नेपाल फर्किने मौका पाएका हुन् ।