ललितपुरमा पर्खाल भत्किँदा २ को मृत्यु २० घाइते

ललितपुर, असार १७ । ललितपुरको टौखेलस्थित पुञ्पाजली बोर्डिङ स्कुलको पर्खाल भत्किँदा दुई जनाको मृत्यु भएको छ भने पर्खालले च्यापिएर २० जना घाइते भएका छन् ।

पर्खालले थिच्चिएर टौखेलकी ९ वर्षीया कृपा राई र आमा घरकी अन्जना पुनमगरको मृत्यु भएको हो । जग्गा व्यवसायीले लगाएको ढुंगाको पर्खाल वर्षाले भत्किएर कक्षा कोठाको भित्तामा बज्रिएको थियो ।

पर्खालले च्यापिएर घाइते भएकाहरुको बीएण्डबी र पाटन अस्पतालमा उपचार भइरहेको छ । एक जनालाई सिटीस्क्यान गर्न सुमेरु अस्पताल पठाइएको छ ।

Published On:  271पटक हेरिएको

तपाईको प्रतिक्रिया