‘थ्री ए’ जलविद्युत आयोजना अन्योलमा

रसुवा–असार । निर्माण प्रक्रिया अन्तिम चरणमा पुगेका बेला भूकम्पले क्षति पु¥याएपछि अन्योलमा परेको माथिल्लो त्रिशूली ‘थ्री ए’ जलविद्युत आयोजना निर्माण सक्नुपर्ने म्याद सकिएको छ ।
3 Aविवादित बन्दै आएको ६० मेगावाट क्षमताको माथिल्लो त्रिशूली ‘थ्री ए’ आयोजनाको निर्माण गर्ने जिम्मा पाएको चाइना गेजुवा गु्रप अफ कम्पनी सीजीजीसीले सम्झौताअनुसार काम पूरा गर्ने लक्ष्य राखेपनि भूकम्पपछि काम ठप्प छ । सन् २०१६ जुन ३० तारिख अर्थात २०७३ असार १६ बाट विद्युत नै उत्पादन सुरु गर्नुपर्ने सम्झौता भएकोमा म्याद सकिदासम्म निर्माण नै सकिएको छैन । उत्पादन गृह सिम्लेबाट बाँधस्थलसम्म पुग्ने पाँच किलोमिटर सडक मार्ग सुचारु नहुदाँ १० अर्ब भन्दा बढी लगानीको यो आयोजना जोखिममा परेको हो ।

पहुँचमार्गसँगै मुख्य समस्या ड्यामको दायाँतर्फको पहिरो र सुरुङ मार्गको प्रवेश बिन्दुमा आएको पहिरो बनेको छ । आयोजनाको निर्माण गर्न सडक मार्ग सञ्चालन हुनुपर्ने ठेकेदारको मागप्रति सरकारले बेवास्ता गरेको आयोजनाको दाबी छ । भूकम्पले माथिल्लो त्रिशुली थ्रि ए आयोजनाको चारहजार ७६ मिटर लम्बाईको सुरुङ, निर्माण सामाग्रि, आयोजना निर्माणमा प्रयोग भएका सवारी साधनको क्षतिको समेत मुल्याङ्कन नहुदा थप अन्यौल बढेको आयोजना प्रमुख फणिन्द्रराज जोशीले बताउनुभयो ।
थ्रि ए निर्माण गरी त्यसको पानी बाध बाँधेर ३७ मेगावाट क्षमताको माथिल्लो त्रिशूली थ्रि बी र ६५ मेगवाट क्षमताको मध्ये त्रिशूली गंगा जलविद्युत आयोजना निर्माण गर्न लागिएकोमा यो आयोजना रोकिदा अन्य दुई आयोजना पनि प्रभावित भएका छन् । करिब ८५ प्रतिशत काम पूरा भएर अबरुद्ध आयोजनालाई निर्माण सक्न सरकारले वेवास्था देखाएको स्पष्ट हुँदाहुँदै पनि छिट्टै काम सम्पन्न गर्ने दाबी छाडेको छैन । सन् २०११ को जुनबाट काम सुरु भएको ६० मेगावाट क्षमताको आयोजना २०१४ को मे महिना र पछि २६ महिना म्याद थप गरी सन् २०१६ जुन ३० मा काम पूरा गर्ने गरी चीनको चाइना गेजुवा गु्रप अफ कम्पनीले करिब आठ करोड ९१ लाख अमेरिकी डलरमा निर्माण काम सुरु गरेको थियो ।
माथिल्लो त्रिशूली थ्रि एको निर्माणसंग भाविष्य जोडिएको थ्रि बी र मध्येत्रिशूली गंगा जलविद्युत् आयोजनाको भने निर्माण कार्य रोकिएको छैन । अबको तीन वर्षभित्र लोडसेडिङ्गमुक्त गर्ने सरकारी लक्ष्य यीनै तीन आयोजनासंग प्रत्यक्ष जोडिएपनि सरकारी वेवास्थाकै कारण ठूला विद्युत आयोजना प्रभावित हुँदै आएका छन् ।

तपाईको प्रतिक्रिया