हजारौँ मेट्रिक टन मल सुख्खा बन्दरगाहमा अलपत्र

mal adkiyoपर्सा–असार । पर्सा जिल्लाको वीरगञ्जस्थित सिर्सियामा रहेको सुख्खा बन्दरगाहमा झण्डै हजारौं मेट्रिक टन युरिया मल डेढ महिनादेखि रोकिएको अस्थामा भेटिएको छ ।
सिर्सियास्थित बन्दरगाह सञ्चालक हिमालयन टर्मिनल्सले जेठ २ देखि मल रोकेको बताइएको छ । कृषि सामग्री लिमिटेड र साल्ट ट्रेडिङले तराईमा भएको बन्द हडताल अवधिको २६ करोड रुपैयाँ शुल्क तिर्न बाँकी रहेको भन्दै टर्मिनल्सले मल रोकेको जनाएको छ । बन्दरगाहस्थित गोदाम, सेड तथा खुला स्थानमा समेत भण्डारण गरिएको मलको गोदाम शुल्क तथा त्यसै अवधिमा मल बोकेर कोलकाताबाट आएको रेल बन्दरगाहमा थन्किएर बसेको अवधिको समेत जरिवाना रकम टर्मिनल्सले माग्दै आएको छ ।
वेयर हाउस शुल्क २५ करोड रुपैयाँ र भारतीय रेल्वेलाई दिने विलम्ब शुल्क करिब एक करोड ५० लाख भारतीय रुपैयाँ बक्यौता रहेको टर्मिनल्सको दाबी छ ।

 

तपाईको प्रतिक्रिया