युरो कप अपडेट– क्वाटरफाइनल चरण सुरु

3aएजेन्सी–असार । युरो कप फुटबल प्रतियोगिताअन्तर्गत क्वाटरफाइलन विहिबार पौने एक बजेबाट सुरु हुँदैछ ।

फ्रान्सको स्टेड भेलेड्रोममा युरोकपका १५औं संस्करणको पहिलो क्वार्टरफाइनलमा पोर्चुगलले पोल्याण्डको सामना गर्दै छ । राति १२ बजेर ४५ मिनेटमा सुरु हुने खेलमा दुबै टोली जितको खोजीमा हुने छन् । प्री–क्वार्टरफाइनलमा पोल्याण्डले स्वीजरल्याण्डलाई पेनाल्टी सुटआउटमा पराजित गर्दै क्वार्टरफाइनलमा प्रवेश गरेको हो ।

यस्तै, पोर्चुगलले भने क्रोएसियालाई एक–शून्य गोलअन्तरले पराजित गर्दै क्वार्टरफाइनलमा स्थान बनाएको हो । समूह चरणमा युक्रेन र उत्तरी आयरल्याण्डलाई समान एक–शून्य गोलअन्तरले पराजित गरेको पोल्याण्डले जर्मनीसंग गोलरहित बराबरी खेल्दै प्री–क्वाटरफाइनलमा प्रवेश गरेको थियो ।

पोर्चुगल समूह चरणमा हंगेरी, अष्ट्रिया र आइसल्याण्डसंग बराबरी खेल्दै उत्कृष्ट चारभित्रबाट क्वाटरफाइनल यात्रा तय गरेको थियो । पोर्चुगल र पोल्याण्डबीचमा अहिलेसम्म १० पटकसम्म भेट भएका छन् । जसमा पोर्चुगलले चार पटक जित हात पारेको छ भने पोल्याण्डले ३ पटक जितेको छ । यस्तै, तीन खेलमा दुबै टोली बराबरीमा रोकिएका छन् ।

शुक्रबार राति वेल्स्ले बेल्जियमको सामना गर्दै छ भने शनिबार राति उपाधिको दाबेदार जर्मनीले इटालीसंग सेमिफाइनल प्रवेशका लागि प्रतिस्पर्धा गर्नेछ । अन्तिम क्वाटरफाइनल अन्तर्गत आयोजक फ्रान्सले आइतबार राति आइसल्याण्डसंग सेमिफाइनल प्रवेशका लागि प्रतिस्पर्धा गर्नेछ ।

तपाईको प्रतिक्रिया