म्याग्दीको पोखरेबगर–घार–शिख सडक आयोजना अलपत्र

म्याग्दी–असार । उपभोक्ता समितिको लापरबाहीका कारण म्याग्दीको पोखरेबगर–घार–शिख सडक आयोजना अलपत्र बनेको छ ।
sikha roadघार र शिख गाविसलाई जोड्ने सडक मर्मत तथा सुधारका लागि प्राप्त भएको लाखौं रूपैयाँ बजेट उपभोक्ता समितिको लापरबाही र ढिलासुस्तीले फिर्ता हुने अवस्थामा पुगेको हो । आयोजनाको काम सकिनुपर्ने समयमा दश प्रतिशत मात्र काम भएको अनुगमन टोलीले जनाएको छ । काममा विवाद, उपभोक्ता समिति गठनमा राजनीतिकरणका कारण आयोजना अलपत्र परेको स्थानीयको आरोप छ ।

सडक आयोजनाको काममा ढिलाइ हुँदा स्थानीयवासी जोखिमपूर्ण यात्रा गर्न बाध्य छन् । दश किलोमिटर सडक यात्रा गर्दा चार घण्टा लाग्ने गरेको छ । समयमै काम हुन नसकेर रकम फिर्ता हुने अवस्था आएपछि स्थानीय बासिन्दा उपभोक्ता समितिसँग आक्रोशित बन्न थालेका छन् ।

शिख, घार गाविसका करिब एक हजार घरधुरीका साथै अन्नपूर्ण चक्रीय पदमार्गको घोडेपानी क्षेत्रको भ्रमणमा आउने पर्यटकहरू यो सडक प्रयोग गर्ने गर्दछन् ।

तपाईको प्रतिक्रिया