कांग्रेस नेतृत्वमा सरकार बन्दा माओवादीलाई कुनै आपत्ति हुन्न:मन्त्री गजुरेल

Agriculture Minister Haribol Gajurel address the meeting at Budol of Banepa on Sunday, December 13, 2015. Photo: RSS

कञ्चनपुर–असार १६ । कृषिमन्त्री हरिबाले गजुरेलले नेपाली काग्रेसको नेतृत्वमा  सरकार बन्दा आफ्नो पार्टीलाई कुनै आपत्ति नहुने बताउनुभएको छ ।

प्रेस सेन्टर नेपालले महेन्द्रनगरमा गरेको पत्रकार सम्मेलनमा मन्त्री गजुरेलले राष्ट्रिय सहमतिको सरकारका लागि आफ्नो पार्टी प्रयासरत रहेको भन्दै सरकारको नेतृत्व जोसुकैले लिए पनि कुनै आपत्ति नहुने बताउनुभएको हो । उहाँले राष्ट्रिय सहमतिको सरकार अहिलेको आवश्यकता भएको भन्दै सहमति नजुटे माघसम्म स्थानीय निकायको चुनाव हुन नसक्ने जिकिर गर्नु भएको थियो ।
धान दिवसका दिन आफूले गमलामा धान रोपेको कुरालाई सञ्चारमाध्यममले अतिरञ्जित बनाएको भन्दै मन्त्री गजुरेलले सामान्य कुरालाई रुपमा लिएको मन्त्री गजुरेलको भनाइ थियो ।

Published On:  370पटक हेरिएको

तपाईको प्रतिक्रिया