खुल्ला विश्वविद्यालय अन्तर्गत पढनपाठनको बाटो खुल्यो

Text-Bookकाठमाडौं–असार । व्यवस्थापिका संसद्बाट नेपाल खुल्ला विश्वविद्यालय विधेयक पारित भएको छ ।
संसद् भवनमा विहिबार बसेको बैठकमा शिक्षामन्त्री गिरिराजमणि पोखरेलले ‘विधेयक पारित गरियोस्’ भनी राखेको प्रस्ताव सर्वसम्मतिले पारित भएको हो । अघिल्लो सरकारकै पालामा संसद्मा पेश गरिएको विधेयक विहिबार पारित भएसँगै खुल्ला शिक्षा प्रणालीका माध्यमबाट उच्च शिक्षामा सबैको पहुँच बढ्ने शिक्षामन्त्री पोखरेलले बताउनुभयो । विधेयक प्रमाणिकरण भएपछि ९१औं दिनदेखि लागु हुनेछ ।
व्यवस्थापिका संसदले विषेश आर्थिक क्षेत्र विधेयक र औद्योगिक व्यवसाय विधेयक–२०७१ थप छलफलका लागि सम्बन्धित समितिमा पठाएको छ । यस्तै, संसद्ले न्याय प्रशासन विधेयकमाथि बिचार गरियोस् भन्ने कानून न्याय तथा संसदीय मामिलामन्त्री अग्नि खरेलले गरेको प्रस्ताव पनि पारित गरेको छ ।

तपाईको प्रतिक्रिया