काठमाडौं, असार १६ । सरकार र कांग्रेसबीचको सहमतिले भूकम्पपीडितले अनुदान पाउन थप समय कुर्नुपर्ने अवस्था सृजना भएको छ । सहमति अनुसार नयाँ कार्यविधि बनेपछि मात्र पीडितले अनुदान पाउनेछन् ।
सरकार र कांग्रेसबीच पीडितलाई पहिलो किस्तामा डेढ लाख र दोस्रो किस्तामा ५० हजार गरी दुई किस्तामा दुई लाख अनुदान दिने सहमति छ ।
तर, त्यसअघि दातृ निकायसाग अनुमति लिनुपर्ने, अहिले कार्यान्वयनमा रहेको कार्यविधि संशोधन गर्नुपर्ने र आर्थिक वर्ष ०७३र७४ को बजेट पारित हुनुपर्ने आवश्यकता छ ।