सरकार आन्दोलनरत मधेशी दलबीच अझै वार्ता हुन सकेन

काठमाडौं–असार १५ । पछिल्लो पटक प्रधानमन्त्री केपी शर्मा ओलीले वार्तामा आउन असन्तुष्ट दललाई पत्र पठाएको आधा महिना भैसकेको छ ।  यो अवधिमा प्रधानमन्त्रीले पठाएको पत्र असन्तुष्ट मधेशी मोर्चाको नेताको हातहातमा पनि पुगिसकेको छ ।

मोर्चाले पनि प्रधानमन्त्रीको पत्र सकरात्मक भन्दै सात बुंदे पत्र पुन: प्रधानमन्त्री ओलीलाई पठाएको छ । तर, पछिल्लो पत्रको जवाफ नआएको भन्दै मोर्चाले वार्तामा बस्न अस्वीकार गरेको छ । मोर्चाले यस्तो आरोप लगाएपनि सरकारले भने मोर्चा भित्रकै विवादको कारण वार्ता प्रक्रिया अघि बढ्न नसकेको दाबी गरेको छ । मोर्चाले पठाएको सात बुंदे पत्रको दोश्रो नम्बरमा रहेको संविधान पुर्नलेखनको मागबाहेक सरकार संविधान भित्रबाटै संशोधनमार्फत समस्या समाधान गर्न तयार रहेको पनि बताएको छ ।

Sarkar-Morcha-barta-1-e1446111572963सरकारले यस्तो दाबी गरिरहेपनि दुई पक्षबीच पछिल्लो पत्रपछि औपचारीक संवाद हुन सकेको छैन । जसको कारण समस्या समाधानमा कुनै प्रगति निस्कन सकेको छैन । संविधान जारी भएदेखि नै असन्तुष्ट रहेको मधेशी मोर्चा पछिल्लो समय संघीय गठबन्धनको नाममा आन्दोलानमा छ । सरकार र मोर्चाबीच ३६ पटक औपचारीक वार्ता भएपनि निकास निस्कन सकेन ।

तपाईको प्रतिक्रिया