देशभर धान दिवस मनाइदै

काठमाडौ–असार १५ । असार १५ गते अर्थात धान दिवस । देशभर १३औं धान दिवस मनाईदै छ ।  ‘दिगो, आधुनिक, प्रतिष्पर्धि व्यवसायीक कृषि, खाद्य तथा पोषण रोजगारी, सम्मान र आर्थिक सम्वृद्धि’ भन्ने नाराका साथ १३औं धान दिवसका अवसरमा कृषि मन्त्रालयले विभिन्न कार्यक्रम मनायो ।

धान दिवसको अवसर कृषि मन्त्रालयले ललितपुरको खुमलटारमा धान रोप्ने कार्यक्रम गर्‍यो । धान रोपाई कार्यक्रममा कृषि मन्त्रालdandibasयका कर्मचारी, नाष्टका कर्मचारी र सर्वसाधारण सहभागि भएका थिए ।

धान दिवसका अवसरमा आयोजित समारोहलाई सम्वोधन गर्दै कृषिमन्त्री हरिवोल गजुरेलले कृषि क्षेत्र नेपालको अर्थतन्त्रको मेरुदण्ड भएपनि कृषि, राज्यको प्रार्थमिकतामा नपरेको बताउनुभयो । उहाँले कृषिलाई सरकार र राजनीतिक दलले प्रार्थमिकतामा नराखेकै कारण कृषिमा आधुनिकिकरण र व्यवसायीकरण हुन नसकेको धारणा समेत राख्नुभएको थियो ।

तपाईको प्रतिक्रिया