पुनर्निर्माण कुर्दै उपत्यकाबासी

काठमाडौं, असार १३ । सरकारी निकायकै ढिलासुस्तीका कारण भूकम्प गएको १ वर्ष विभिसक्दा पनि उपत्यकामा पुननिर्माण सुरु नभएको भन्दै राजधानीवासीले चिन्ता व्यक्त गरेका छन् । वर्षायाम सुरु भइसकेको छ । तर उपत्यकामा भने भूकम्पले ढलेका घरहरु पुननिर्माणमा सरकारले बेवास्ता गरेको भन्दै उपत्यकावासीले अPunanirmanसन्तुष्टि व्यक्त गरेका छन् ।

सरकारले न त जनतालाई आफै घर निर्माण गर्न अनुमति दिन सकेको छ न राष्ट्रिय पुन निर्माण प्राधिकरण आफैले स्फुर्त काम गर्न नै सकेको छ जसका कारण दिनानुदिन भुकम्पपीडितको जीवन कष्तकर बन्दै गएको छ ।

जाडोयाम र गर्मियाम मुस्किलले गुजारेका भूकम्पपीडितलाई अब वर्षायामले फेरि सताउने समय नजिकिादै छ । तर अझै भूकम्पपीडितलाई कसरी वर्षायाममा सुरक्षित राख्ने भन्ने विषयमा सरकारको ध्यान केन्द्रित हुन नसक्दा पीडितले सरकारबाट राहत भन्दा बढी आहत महशुश गर्न थालेका छन् ।

तपाईको प्रतिक्रिया