काठमाडौं–असार । वजारमा आएका फलफूल तथा तरकारीमा विभिन्न खालका विसादी प्रयोग गरिदा उपभोक्ताको स्वास्थ्यमा गम्भिर असर पर्न थालेको छ ।
व्यपारीले धेरै नाफा कमाउने सोच राखेर विसादी प्रयोग गर्ने होडबाजीले मानव स्वास्थ्यमा नै खेलवाड भएको छ । फलफूल तथा तरकारी लगायतका कृषी उपजमा विषादी भए नभएको चेकजाच गर्ने बाली संरक्षण निर्देशनालय मातहतको द्रुत बिषादी अवशेष विश्लेषण इकाईले अर्गानिक फास्फेट र कार्वानेट नामक विसादी मात्र परिक्षण गर्नेगर्छ । यो पनि नियमित छैन ।
भारत लगायत विभिन्न ठाउँबाट काठमाडौं आयात हुने फलफूल मुख्यतः कालिमाटी फलफूल तथा तरकारी बजार, कुलेश्वर र बल्खु तरकारी बजारमा भण्डारण गरेर कारोबार हुदै आएको छ । तर बाहिरबाट भित्रयाइएका तरकारी तथा फलफुलको बाली संरक्षण निर्देशनालय मातहतको यो द्रुत बिषादी अवशेष विश्लेषण इकाईले कालिमाटी तरकारी बजारमा ल्याइएका नमुनाको मात्र परिक्षण गर्ने गरेको छ । यो पनि बिहान ६ वजे भित्र भित्रिएका फलफूल र तरकारीको मात्रै हुन्छ । अझ सार्वजनिक विदाको दिन कालिमाटी भित्रिएका फलफूल तरकारीको कुनै परिक्षण नै गरिदैन । यसले सरकार स्वयमले उपभोक्ताको स्थास्थ्यमा गम्भिर खेलवाड गरेको देखिन्छ । एकातिर राज्यसँग नै विषादी परिक्षणका लागि चाहिने आवाश्यक उपकरणको अभाव छ भने अर्कोतिर भएका उपकरणको उचित प्रयोगको भएको छैन । अझ उपभोक्तमा सचेतनाको अभाव देखिदा रोगको दर बढिरहेको छ ।
व्यापारीले छोटो समयमै नाफा कमाउने उदेश्यले फलफूल तथा तरकारीमा विषादी प्रयोग गर्ने गरेपनि सरकारी निकायले त्यसको प्रभावकारी नियमन गर्न सकिरहेको छैन । सरकारी वेवास्थाले आम उपभोक्ताको स्वास्थ्य प्रति सरकार स्वयम जिम्मेवार नभएको पुष्टि मिलेको छ ।