ब्रिटेन जनमत संग्रह– चौतर्फी चर्चा

एजेन्सी–असार ११ । ब्रिटेन युरोपेली संघबाट अलग्गिएको खबरले अहिले चौतर्फी चर्चा पाएको छ ।

uk-road-mapसमाचारका रुपमा मात्रै होइन, भारत, अमेरिका, लगायतका शक्ति राष्ट्रमा यसको चर्चा चुलिएको छ ।  युरोेपेली संघ एउटा ठूलो शक्तिका रुपमा उदाउदैगर्दा यसको ठूलो हिस्सेदार बिट्रेनको यो बहिर्गमनलाई खासअर्थमा हेरिएको छ । यो मात्रै होइन ब्रिटेनको यो बहिर्गमनले बिश्व बजारमा अहिलेबाटै असर सुरु भएको छ । पहिलो असर सुनको मूल्यमा देखिएको छ ।

नेपालमा यसको खासै ठूलो असार नदेखिएपनि त्यहाँ रहेका नेपालीहरुको तलब, सुविधा लगायतमा असर पर्ने निश्चित छ । रोजगारीका क्रममा सबैभन्दा बढी कामदार आश्रित भएका देशमा पनि यसले प्रभाव पार्नसक्छ ।  यता, युरोपियन युनियनबाट बाहिरिने पक्षमा बहुमत आएपछि प्रधानमन्त्री डेभिड क्यामरूनले शुक्रबार नै राजीनामा घोषणा गरेपछि स्थानीय राजनीतिमा समेत फरक आउने आँकलन गरिएको छ । ब्रिटेन ईयूबाट बाहिरिएपछि शेयर बजार ओरालो लाग्न थालेको छ । यसको असर स्वरुप पाउण्ड स्टर्लिङ मा ठूलो गिरावट आउँदा ३१ वर्ष यताकै कमजोर बनेको छ ।

दोश्रो विश्वयुद्धपछि आर्थिक सहयोग बढाउन युरोपेली संघको स्थापना भएको थियो । ब्रिटेन ईयूबाट बाहिरिने पहिलो मुलुक हो । ब्रिटेनको पछिल्लो जनमत संग्रहको निर्णयको असर अमेरिका, भारत लगायतका ठूला देशमा बढी पर्ने विश्लेषण अन्तर्राष्ट्रि सञ्चारमाध्यमले गरेका छन् ।

तपाईको प्रतिक्रिया