जावलाखेल बारे विवाद बढ्दा स्थानीय आन्दोलित

ललितपुर–असार ११ । रातो मछिन्द्रनाथको भोटो देखाउने स्थल जावलाखेलको सार्वजनिक जग्गा अतिक्रमण गरी निजी कम्पनीले होर्डिङ् बोर्ड राखेपछि स्थानीयवासी आन्दोलित भएका छन् ।

रातो मछिन्द्रनाथको भोटो देखाउने एतिहासिक स्थल जावलाखेलस्थित ललित मण्डपको सार्वजनिक जग्गा मिचेर एपेक्स नेपाल नामक निजी कम्पनीले डिजिटल होडिङ बोर्ड राखेको भन्दै स्थानीयवासी विरोध प्रदर्शनमा उत्रिएका हुन् । जावलाखेल स्थानीय सरोकार समूहले शनिबार ललित मण्डपमा सार्वजनिक सुनुवाइ गरी तत्काल होर्डिङ बोर्ड हटाउन माग गर्दै अन्यथा कडा आन्दोलन गर्ने चेतावनी दिएको छ । ललित मण्डपमा रहेको बालवृद्ध पार्क क्षेत्रमा रहेको बगैंचा ध्वस्त पारी राखिएका होर्डिङ बोर्ड तत्काल हटाउन स्थानीयले माग गरेका छन् ।

सरोकार समूहका अध्यक्ष रक्षबहादुर क्षेत्रीले ऐतिहासिक स्थलको सम्पदा र राष्ट्रिय धरोहरका रूपमा रहेको बालवृद्धा पार्क क्षेत्र अतिक्रमण हुँदा आफूहरू चुप लागेर बस्न नसक्ने भन्दै आइतवार ललितपुर उप–महानगरपालिकाका कार्यकारी अधिकृत भरतमणी पाण्डेलाई ज्ञापनपत्र बुझाएर सचेत गराउने बताउनुभयो ।

तपाईको प्रतिक्रिया