संसद जुहारीमा सत्तारुढ र प्रतिपक्षी किर्तिमान

काठमाडौं–असार ११ । भूकम्पप्रभावितलाई दुई लाख रुपैयाँ अनुदान दिनेबारे सत्तारुढ दल र प्रतिपक्षी कांग्रेसबीच मतभेद चुलिएको छ ।

Samsad-bhawan-1एकमुष्ट रुपमा राहत रकम तत्काल उपलब्ध गराउनुपर्ने प्रतिपक्षी दल कांग्रेसको अडान र नीति नियम नै बाधक भएको भन्दै किस्तामै उपलब्ध गाराउने सरकारी भनाईले अहिलेसम्म सदन अबरुद्ध हुँदै आएको छ । सत्तारुढ दल र प्रतिपक्षीबीचको यो जुहारिले विहिबार व्यवस्थापिका संसद्को बैठक स्थगित भएकोमा शुक्रबार त बैठक नै बस्न सकेन । भुकम्पपीडितलाई अनुदान वापत् उपलब्ध गराउने भनिएको २ लाख रकम तत्काल एकमुष्ट रुपमा दिनुपर्ने कांग्रेसका सांसदको अडान र नीति नियम बाधक भएको भन्दै एकमुष्ट दिन नमिल्ने सरकारको भनाईले पछिल्लो समय संसद अवरुद्ध हुँदै आएको छ ।

व्यवस्थापिका संसद्को नियमावली २०७३ को नियम ६ को उपनियम ३ मा सदनको बैठक आह्वान गरेको दुई घण्टासम्म प्रारम्भ नभएमा सभामुखले स्थगित गरी अर्को बैठक डाक्नुपर्ने व्यवस्था भएकाले शुक्रबारको बैठक स्थगित गर्दै सभामुखले आइतबार विहान ११ बजेलाई डाक्नुभएको थियो ।

तपाईको प्रतिक्रिया