टेकोको भरमा राजधानीका पुराना घर

काठमाडौ–असार । भूकम्प गएको १५ महिना वित्तिक्दिा पनि काठमाडौं उपत्यका जोखिमपूर्ण घरहरू हट्न सकेका छैनन् । जोखिमपूर्ण घरहरूको व्यवस्थापन हुनु त कहाँ हो बरू तिनै जोखिमपूर्ण घरहरूमा टेको लगाएर मानिसहरू बसोबास गर्दै आएका छन् ।

hL0f{ ag]sf] ;Dkbfsf] ;x/ efbufpF ljgfzsf/L e"sDkkl5 6]sf]df cl8P/ hL0f{ ag]sf] ;Dkbfsf] ;x/ efbufpF . oxfFsf () k|ltzt k'/fgf 3/ / ;Dkbfx? 6]sf]df cl8Psf] 5 . tl:a/ M /d]z lu/L, eQmk'/ –/f;;

सरकारले दिने अनुदान र सहुलियत दरको ऋण नपाएकाले घर बनाउन नसकेको भूकम्प पीडितहरूको भनाइ छ । बैज्ञानिक रुपमा समेत आयु कटेर जीर्ण अवस्थामा पुगेका घरहरु राजधानीमा एकदुई वटा होइन, हजारौंको संख्यामा छन् । उच्च जोखिममा रहेका ती घरहरुमा लाखौं मानिस बसोबास गर्छन् । महानगरपालिकाको तथ्याङकलाई आधार मान्ने हो भने, जोखिमपूर्ण अवस्थामा रहेका पुराना र जीर्ण घरहरुको संख्या राजधानीमा मात्रै सत्तरी हजार छ ।

काठमाडौं महानगरपालिकाका अनुसार, यहाँ २ लाख ५४ हजार घर छन् । जसमध्ये १ लाख ८० हजार पक्की छन् र बाकी ७० हजार निकै पुराना भइसकेका छन् । बैशाख १२ गतेको विनाशकारी भूकम्प पछि अहिले त्यस्ता घरहरू टेकोको भरमा मात्र अडेका  छन् । टेकोको भरमा अडेका यस्ता पुराना घर पनि मुख्य सहरी क्षेत्रमा छन र जुनकुनै रुपमा भत्किन सक्ने अवस्थामा छन् । काठको टेकोको भरमा अड्याइएका यस्ता घरहरूले स्थानीय, सवारी चालक र बाटोमा हिड्ने सर्वसाधरणलाई जोखिममा पारेका छन् ।

शहरी विकास मन्त्रालय, शहरी विकास तथा भवन निर्माण विभाग र काठमाडौं महानगरपालिकाको संयोजनमा जोखिमपूर्ण घरहरूको अवस्था पहिचान गरी त्यस्ता घरहरूको व्यवस्थापन गर्ने भनिएपनि त्यो काम ब्यवहारमा परिणत हुन सकेको छैन । काठमाडौं महानगरपालिकाल तथ्याङ्क  अनुसार, उपत्यकामा २ लाख ५४ हजार घर छन् । जसमध्ये १ लाख ८० हजार पक्की छन् र ७० हजार निकै पुराना भइसकेका घर छन् ।

तपाईको प्रतिक्रिया