शहर व्यवस्थापनको नाममा करोडौं लगानी, तर लथालिङ्ग काठमाडौं

काठमाडौं, असार । सभ्य नागरिक बस्ने भनिएको स्थान काठमाडौं महानगरपालीको स्थिति हरेक कुराले विजोग छ । हुनपनि सडकमा हिड्ने जो कोहीको पनि नजर पुग्छ लथालिङ्ग तरिकाले झुण्डिएका तारहरुमा । यत्रतत्र यसरी छरीएका यी तारहरुले काठमाडौंलाई सुन्दर र सफा शहर बनाउने महानगरपालीकाको अभियानलाई ठाडै गिज्याईरहेका छन् ।

Tar झट्ट हेर्दा लाग्छ– काठमाडौं तारैतारको शहर हो । हुन पनि सडकमा राखिएका बिजुलीका पोल विभिन्न थरिका तारको जालोले घेरिएका छन् । जसमा टेलिफोन, ईन्टरनेटका तार समेत थपिदा शहर कुरुप देखिएको । यसले शहरको शोभा नै बिगारेको छ । अरु त अरु काठमाडौंको मुटु मानिने पुतलीसडक, सुन्धारा, कमलादी, बुद्धनगर, लगायतका स्थानमा समेत यस्तो हातल देखिन्छ ।

यति मात्र कहाँ होर उपत्यकाका अधिकांस स्थान यस्तै अव्यवस्थित तारका कारण अस्तव्यस्त बनेका छन् । यही प्रश्नको जवाफ खोज्न हामी नियमनकारी निकाय काठमाडौं महानगरपालिका पुग्यौं । महानगरपालीकाका प्रवक्ता ज्ञानेन्द्र कार्की तार व्यवस्थित गर्न नसकेको स्वीकार्छन् । सम्बन्धित निकायको आपसी सहकार्यको कमीले तार व्यवस्थापन हुन नसकेको यिनको भनाई छ । शहर सफा तथा सुन्दर पार्ने उद्देश्यले तार व्यवस्थापनको सुरु गरेको चार वर्ष बितीसक्दा पनि परिणाम भने शुन्य छ । तारलाई अण्डरग्राउन्ड राख्न महानगरपालीकाले विद्युत् प्राधिकरण, टेलीकम, ईन्टरनेट कम्पनिलाई बारम्बार चेतावनी दिँदा समेत वास्ता नगरेको महानगरपालीको गुनासो छ । हुनपनि विजुलिका पोल बिभिन्न खालले तारले जेलिएका छन ।्

टेलिफोन , इन्टरनेट, केवल लगायत सबैका तार एउटै पोलमा राखिएका छन् । तर, सबै अस्तब्यस्त । हुुन त काठमाडौं महानगरपालिकाले सहरको सुन्दरतालाई मध्यनजर गदेै सवै तारलाई अन्डरग्राउन्ड गराउने योजना ल्याएको पनि चार वर्ष बितिसकेको छ । तर अहिले ुसम्म परिणाम भने सुन्य छ । यी विभिन्न खाले तारले पैदल यात्र् रु सवारी साधनलाई समस्यामा पार्ने गरेका छन् । यसरी सरोकारवाला निकायले नै आफ्नो जिम्मेवारी पुरा नगर्दा सर्वसाधारणले सास्ती त पाउछन नै शहरको सुन्दरतामा समेत खलल पुगेको छ । हुन त शहर व्यवस्थापनकै लागि भनेर शहरी विकासदेखि वातावरण मन्त्रालयसम्म गठन गरेको छ सरकारले ।

अनि वातावरण, सरसफाइ र सहरी विकासका नाममा वाषिर्क करोडौं रुपैयाँ निकासा हुन्छ । विदेशी दाता र एनजीओ, आइएनजीओले पनि आफ्नै तबरबाट करोडौं रकम यस्तै शीर्षकमा खर्च गरेका प्रतिवेदन सार्वजनिक हुन्छन् । तर, काम भने न्यून छ । यस्तो विषय प्रति सरोकारवालाको ध्यान पुग्नु आवश्यक देखिन्छ ।

तपाईको प्रतिक्रिया