असार । लामो समयदेखि साहित्यिक क्षेत्रमा क्रियाशिल गजलकार जितेन्द्र रसिकको गजल संग्रह ‘काफिया’ को लोकार्पण गरिएको छ ।
भक्तपुर साहित्यिक समाजले काठमाडौंमा आज गरेको कार्यक्रममा गजलकार ज्ञानुवाकर पौडेलले रसिकको गजलसंग्रह काफिया लोकार्पण गर्नुभएको हो । कृतिमा प्रणय, देशभक्ति र भूकम्पलगायतका विषयमा वटा गजल समावेश छन् ।
कार्यक्रममा कवि ऋद्घिलक्ष्मी कायस्थको कवितासंग्रह ‘मौनता बोल्छ’ पनि लोकार्पण गरिएको थियो ।