सुनको मुल्यमा हालसम्मकै उच्च बृद्धि

काठमाडौं । असार – युरोपेली युनियन(ईयु) बाट बेलायत छुट्टिने निर्णयसँगै त्यसको असर सुन बजारमा परेको छ । सुनको भाउ तोलामै ३ हजार रुपैयाँले बढेको छ । शुक्रबार भएको मुल्य वृद्धि हालसम्मकै हो ।

यसअघि  एकैदिन १९ सय रुपैयाँसम्म वृद्धि भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ । महासंघका अनुसार शुक्रबार प्रतितोला छापावाला सुन ५९ हजार रुपैयाामा कारोबार भएको छ ।

goldबिहीबार प्रतितोला ५६ हजार रुपैयाामा कारोबार भएको थियो । अन्र्तराष्ट्रिय बजारमा पनि प्रति औस सुन ७३  अमेरिकी डलरले बढेको छ । शाक्यका अनुुसार ईयुबाट बाहिरिने निर्णय लगत्तै अन्र्तराष्ट्रिय बजारमा सेयर भाउ घटेको छ । सुन भाउ घटेसँगै पाउण्ड पनि कमजोर भएको छ ।

Published On:  330पटक हेरिएको

तपाईको प्रतिक्रिया