पुनर्निर्माण प्राधिकरणको विशेष छलफल

काठमाडौं–असार १० । पुनर्निर्माण प्राधिकरण निर्देशक समितिको बैठकमा प्राधिकरणले तत्काल गर्नुपर्ने काम सहितको ४ महिने विषेश छलफल गरेको छ । बालुवाटारमा आज बसेको प्राधिकरण निर्देशक समितिको बैठकमा ४ महिने कार्ययोजना, पीडितलाई तत्काल अनुदान वितरण र स्थानीय तहमा भइरहेको विवादका विषयमा छलफल भएको हो । बैठकमा भूकम्प प्रभावितहरूले गरेको गुनासो र त्यसको सनुवाइ गर्ने सयन्त्रका विषयमा समेत छलफल भएको थियो । बैठकमा प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले सर्वेक्षणका क्रममा नाम छुट्न गएका पीडितको पुनर्सर्वेक्षण गर्ने र मापदण्डभित्र परेकाले मात्र सहयोग पाउने बताउनुभयो । बैठकमा सहभागी नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले राहत तथा सहायता वितरणबारे स्थानीय तहमा धेरै गुनासो रहेकाले सरकारले पक्षपात नगरी पारदर्शी ढंगले काम अगाडि बढाउनुपर्ने बताउनुभयो ।

तपाईको प्रतिक्रिया