एमालेका कारण मधेश समस्या समाधान भएन : पौडेल

असार १० । Ramchandraनेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले एमालेको कारण मधेशको समस्या समाधान हुन नसकेको आरोप लगाउनुभएको छ ।

काठमाडौंमा प्रजातान्त्रिक विचार समाजले गरेको कार्यक्रममा आज नेता पौडेलले सत्तारूढ दल एमालेकै गैरजिम्मेवारीपनका कारण मधेश समस्या समाधान हुन नसकेको आरोप लगाउनुभएको हो । उहाँले मधेशकेन्द्रित दलहरूलाई संविधान जारी गर्ने बेला समेट्न नसुक्नुमा नेपाली कांग्रेस नेतृत्वको पनि कमजोरी रहेको स्वीकार गर्नुभयो । नेता पौडेलले जनताका समस्या समाधान गर्ने विषयमा कांग्रेस नेतृत्व पनि चुकिरहेको धारणा राख्नुभयो ।

नेता पौडेलले संविधान कार्यान्वयन, भूकम्पपीडितलाई राहत र मधेश समस्या समाधानका लागि कांग्रेसले नेतृत्व लिनुपर्ने बेला आएको पनि उहाँको भनाइ थियो ।

Published On:  284पटक हेरिएको

तपाईको प्रतिक्रिया