काबुल काण्ड– मृतकका परिवारलाई १० लाख, अफगानिस्तानसहित लिबिया, इराक र सिरिया जान रोक

काठमाडौं–असार ९ । सरकारले अफगानिस्तानको काबुलमा मारिएका नेपालीका परिवारलाई १० लाख रुपैयाँका दरले राहत दिने निर्णय गरेको छ ।

serdhan raiप्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले काबुलमा भएको आतंकबादी बिस्फोटमा १३ नेपाली मारिएकोमा खेद व्यक्त गर्दै प्रतिपरिवार १० लाख रुपैयाँ राहत दिने निर्णय गरेको हो ।बैठकले घटनामा परि घाइते भएकाहरुको उपचार खर्च सरकारले बेहोर्ने निर्णय गर्दै काबुल घटनाको अनुसन्धान गर्न श्रम तथा रोजगार मन्त्रालयलाई निर्देशन दिएको छ ।

यस्तै, द्धन्द्धग्रस्त अफगानिस्तानसहित, लिबिया, इराक र सिरियामा कामदार पठाउन रोक लगाएको सरकारले अफगानिस्तानमा रहेका नेपाली कामदारको सुरक्षा बारे कुटनीतिक पहल गर्ने र असुरक्षित महशुस गरेर स्वदेश फर्किन चाहनेलाई सहयोग गर्ने जनाएको छ । यस्तै, मन्त्रिपरिषद्ले लगानी बोर्डको कार्यकारी निर्देशकमा चार वर्षे कार्यकाल रहनेगरि महाप्रसाद अधिकारीलाई नियुक्त गर्ने निर्णय गरेको छ ।

झुठो विवरण पेश गरेर बाँकेबाट नेपाली नागरिकता लिएका भारतीय नागरिक आषिद चटर्जी र पर्साबाट नेपाली नागरिकता लिएका भारतीय नागरिक मोहन पाण्डेको नागरिकता खारेज गर्दै वितरण गर्ने अधिकारी बिरुद्ध आवश्यक अनुसन्धान गरि कानूनी कारबाही गर्ने निर्णय गरेको छ

तपाईको प्रतिक्रिया