युरोकप फुटबलको अन्तिम सोह्रको टुंगो लाग्यो

एजेन्सी–असार । बिहीबार विहान भएको समूह इ को अन्तिम खेलसंगै प्री–क्वार्टरफाइनलको समीकरण पुरा भएको हो ।

3aसमूह इ अन्तर्गतको खेलमा इटालीमाथि अप्रत्यासित एक–शून्य गोलअन्तरको नतिजा निकाल्दै रिपब्लिक अफ आयरल्याण्डले अन्तिम १६ मा स्थान बनाएको छ । खेलको ८५औं मिनेटमा ब्रडीले गोल गर्दै आयरल्याण्डलाई जित दिलाएका हुन् । इटाली भने यसअघि नै नकआउट चरणमा प्रवेश गरेको थियो । समूह चरणको अन्तिम खेलमा हार ब्यहोरे पनि यसअघि भएको दुई खेलमा जित हात पारेको इटाली समूह विजेता बनेको छ । बिहीबार विहान नै  भएको अर्को खेलमा स्वीडेनमाथि एक–शून्यको जित हात पारेको बेल्जियम समूह इ को उपविजता बन्दै अन्तिम १६ मा स्थान बनाएको छ ।

यस्तै, पहिलो पटक युरोकपमा सहभागिता जनाएको आइसल्याण्डले इतिहास रच्दै अन्तिम १६ मा स्थान बनाउन सफल भएको छ । बुधबार राति भएको खेलमा अष्ट्रियालाई दुई–एक गोलअन्तरले पराजित गर्दै आइसल्याण्ड नकआउट चरणमा प्रवेश गरेको हो । पहिलो हाफको १८औं मिनेटमा बोडभार्सनको गोलबाट एक–शून्य गोलको अग्रता लिएको आइसल्याण्डले दोस्रो हाफमा थप एक गोल गरेको थियो । बुधबार राति नै समूह एफ अन्तर्गत भएको खेलमा पोर्चुगलसंग तीन–तीन गोलको बराबरी खेल्दै हंगेरी समूह विजेता बन्दै अन्तिम १६ मा प्रवेश गरेको छ । पोर्चुगल समूहको तेस्रो स्थानमा रहे पनि उत्कृष्ट चारभित्र पर्दै नकआउट चरणमा प्रवेश गर्न सफल भएको छ ।

नकआउट चरणका खेलहरू असार ११ गते शनिबार राति बाट सुरू हुदै छ । नकआउट चरणमा आयोजक फ्रान्सले रिपब्लिक अफ आयरल्याण्डसंग, इटालीले स्पेनसंग, बेल्जियमले हंगेरीसंग, आइसल्याण्डले इंग्ल्याण्डसंग प्रतिस्पर्धा गर्ने छन् । त्यस्तै, स्वीजरल्याण्डले पोल्याण्डसंग, जर्मनीले स्लोभाकियासंग, वेल्स्ले उत्तरी आयरल्याण्डसंग र पोर्चुगलले क्रोएसियासंग अन्तिम १६ मा प्रतिस्पर्धा गर्ने छन् ।

तपाईको प्रतिक्रिया