काभ्रे–असार ९ । कानुन मन्त्री अग्निप्रसाद खरेलले सरकारी वकिलहरुले धेरै मुद्दा हार्ने गरेको भन्दै आलोचना गर्नुभएको छ ।
काभ्रेको धुलिखेलमा शुरु भएको सरकारी वकिलहरुको राष्ट्रिय भेलामा बोल्दै मन्त्री खरेलले सरकारी वकिलहरुले अधिकांश मुद्दाहरु हार्नेगरेको जिकिर गर्दै उनीहरु असफल भएको टिप्पणी गर्नुभएको थियो । सरकारी वकिलहरुले लडेका मुद्दामा करिब ६२ प्रतिशत हार्ने र ३८ प्रतिशतमात्रै जित्ने देखिएकाले उत्तीर्णाङ्क अंक समेत ल्याउन नसक्ने वकिल असफल जस्तै भएको मन्त्री खरेलको भनाई थियो । कार्यक्रममा कायममुकायम प्रधानन्यायधिश सुशीला कार्कीले न्याय क्षेत्रमा नयाँ प्रविधिको विकास हुदै गएपनि पर्याप्त सफलता मिल्न नसकेको गुनासो गर्नुभएको थियो ।
भेलामा राष्ट्रिय न्यायिक परिषद्का अध्यक्ष केशरीराज पंण्डित, नेपाल प्रहरीका महानिरिक्षक उपेन्द्रकान्त अर्याल, शसस्त्र प्रहरीका महानिरिक्षक दुर्जकुमार राई र नेपाल बार एशोसिएसनका अध्यक्ष शेरबहादुर केसी लगायतले न्यायिक क्षेत्रका समस्याबारे धारणा राख्नुभएको थियो ।