महन्थलाई पुनःअध्यक्ष, सकियो तमलोपा महाधिवेशन

नवलपरासी–असार ९ । महन्थ ठाकुरलाइ अध्यक्ष निर्वाचित गर्दै तराई मधेश लोकतान्त्रिक पार्टीको पहिलो महाधिवेशन सम्पन्न भएको छ ।

tamalopaनवलपरासीको रामग्राममा गत सोमबार सुरु भएको महधिवेशनले अध्यक्षमा पुनः ठाकुरलाई निरन्तरता दिएको छ । यस्तै,  महाधिवेशनबाट वरिष्ठ उपाध्यक्षमा हृदेयश त्रिपाठी, उपाध्यक्षमा बृषेशचन्द्र लाल, र कोषाध्यक्षमा अनिता यादव निर्विरोध निर्वाचित हुनुभएको छ । पदाधिकारी चयनमा सहमति जुटाउने जिम्मा अध्यक्ष महन्थ ठाकुरलाई दिएपछि पूर्वमहामन्त्री गोबिन्द चौधरी नेतृत्वको असन्तुष्ट समुहले हलबाटै निर्णय हुनुपर्ने माग गर्दै होहल्ला गरेपछि महाधिवेशन लम्बिएको थियोे ।

महामन्त्रीमा ५ र सहमहामन्त्रीमा १४ जना आकांक्षी देखिएका छन् । ५७ जना निर्वाचित र १८ जना मनोनित गरी ७५ सदस्यीय केन्द्रीय समिति बनाउने निर्णय तमलोपाले गरेको छ । सर्वसम्मत हुन नसकेका २ उपाध्यक्ष, २ महामन्त्री र ३ सहमहामन्त्री भने पछि चयन गर्ने तमलोपाले जनाएको छ ।

Published On:  301पटक हेरिएको

तपाईको प्रतिक्रिया