काबुलबाट शव काठमाडौं ल्याइयो, आफन्तको जिम्मामा

काठमाडौं–असार ८ । अफगानिस्तानको काबुलमा भएको आत्मघाती बम हमलामा मारिएका नेपालीहरूको शव स्वदेश ल्याइएको छ । बुधबार दिउँसो काठमाडौं ल्याइएको शबलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उपलब्ध आफन्तको जिम्मा लगाइएको छ ।

kabul sub boxशब विमानस्थल ल्याइदा मृतक प्रति श्रद्धाञ्जली अर्पण गर्न र शोकाकुल परिवारलाई शान्त्वना दिन प्रधानमन्त्री केपी शर्मा ओली समेत विमानस्थल पुग्नुभएको थियो । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा मृतकका आफन्त तथा शुभचिन्तकको घुइँचो लागेको थियो । आफन्तको घुइचो तथा रुवाबासीले विमानस्थल समेत शोकस्थल जस्तै बनेको थियो । मृतक तथा घाइतेहरूलाई स्वदेश ल्याउन नेपाल वायु सेवा निगमको विमान बिहान ६ बजे अफगानिस्तान पुगेको थियो । जुन विमान पौने तीन बजे काठमाडौंमा अवतरण भएको थियो । शव नेपाल ल्याउन लगायतको समन्वय परराष्ट्र मन्त्रालयले गरेको बताइएको छ ।

गत सोमबार अफगानिस्तानको राजधानी काबुलमा आत्मघाती हमलामा परि १२ नेपालीले ज्यान गुमाएका थिए भने विस्फोटबाट ७ नेपाली घाइते छन् । ५ जना घाइतेलाई थप उपचारका लागि भारत ल्याइएको समेत परराष्ट्र मन्त्रालयले जनाएको छ ।

तपाईको प्रतिक्रिया