अर्जेन्टिना कोपा अमेरीकाको फाइनलमा, अमेरीका पराजित

6काठमाडौं–असार ८ । अमेरीकालाई पराजित गर्दै अर्जेन्टिना कोपा अमेरिका फुटबलको फाइनलमा पुगेको छ । बुधबार बिहान टेक्ससमा भएको सेमिफाइनलमा आयोजक अमेरिकालाई ४–० ले पराजित गर्दै अर्जेन्टिनो फाइनल पुगेको हो ।

अर्जेन्टिनाकोे जितमा गोन्जालो हेगुइनले दुई तथा लियोनल मेस्सी र एजिक्युएल लाभेजीले एक एक गोल गरे । तेस्रो मिनेटमानै लाभेजीले गोल गर्दै अर्जेन्टिनालाई सुरुवाति अग्रता दिलाएकोमा ३२ औं मिनेटमा कप्तान मेस्सीले गोल गरे । अमेरिकामाथि हाबी भएको अर्जेन्टिनाले दोस्रो हाफमा थप दुई गोल ग¥यो । ५० र ८६ औं मिनेटमा हेगुइनले दुई गोल गरेर ४–० को प्रभावशाली जित दिलाए । खेलमा अमेरिकाले एक पटक पनि पोस्ट प्रहार गर्ने सकेन ।

अर्जेन्टिनाले अब उपाधिका लागि बिहीबार बिहान हुने चिली र कोलम्बियाबिचको खेलको विजेतासंग खेल्ने छ । १४ पटकसम्म कोपा अमेरिकाको उपाधि जितेको अर्जेन्टिनाले सन् १९९३ पछि भने उपाधि हात पार्न सकेको छैन ।

Published On:  370पटक हेरिएको

तपाईको प्रतिक्रिया